पर्वतारोही पूर्णिमा श्रेष्ठ ‘सद्भावना दूत’ नियुक्त

टुरिजमफेस
काठमाडौं । विश्व कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठलाई नेपालस्थित फ्रान्सेली दूतावासले ‘सद्भावना दूत’ नियुक्त गरेको छ । सद्भावना दूत नियुक्त भएपछि श्रेष्ठले अन्नपूर्ण हिमाल सम्बन्धमा दूतावासले आयोजना गर्ने विभिन्न कार्यक्रममा सहभागी हुनेछिन् ।
उनले पर्वतारोहणको गौरवशाली इतिहासलाई सम्मान गर्दै, वातावरणीय संरक्षण र दिगो पर्वतीय पर्यटन प्रवद्र्धन गर्ने यात्रामा सँगै रहन पाउँदा निकै खुशी लागेको बताइन् । उनले अन्नपूर्ण हिमालको सफल आरोहण गर्नुको साथै दुई सातामा तीन पटक सगरमाथाको सफल आरोहण गरिसकेकी छन् ।