नेपाल आउने पर्यटकको संख्यामा कमी

टुरिजमफेस
काठमाडौं । सन् २०२५ फेब्रुअरीमा नेपाल घुम्न आउने पर्यटक संख्या घटेको छ । सन् २०२५ फेब्रुअरीमा ९६ हजार ८ सय ८० पर्यटकले नेपाल भ्रमण गरेका छन् भने अघिल्लो वर्षको सोही अवधिमा ९७ हजार ४ सय २६ पर्यटक नेपाल आएका थिए ।
नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार फेब्रुअरीमा आएको पर्यटक संख्या २०२४ सोही अवधिको तुलनामा ०.६ प्रतिशतले कम हो । कोरोना महामारीभन्दा अघि सन् २०१९ फेब्रुअरीमा भने १ लाख २ हजार ४ सय २३ आएका थिए । फेब्रुअरीमा सबभन्दा बढी भारतबाट १९ हजार १ सय ८७ पर्यटक नेपाल आएका थिए । त्यस्तै चीनबाट ८ हजार २ सय ८३ पर्यटन आएका थिए ।
थाइल्यान्डबाट ५ हजार ६ सय ९ पर्यटक आउँदा जापानबाट २ हजार ६ सय ४३, बेलायतबाट ५ हजार ५७ जना नेपाल घुम्न आए ।