पूर्वराजा ज्ञानेन्द्रको स्वागतमा किन राखियो उत्तरप्रदेशका मुख्यमन्त्रीको तस्बिर ?

टुरिजमफेस
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट काठमाडौं आउँदा उनी समर्थक व्यक्ति र राष्ट्रिय प्रजातन्त्र पार्टीमा आवद्धहरूले शाहसँगै भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको पनि तस्बिर राखे । आमसर्वसाधारणका लागि भने आदित्यनाथको तस्विर निकै आश्चर्यजनक भयो, किनकि पूर्व राजा समर्थकहरूले शाहलाई मात्र स्वागत गर्ने भनेका थिए ।
जुलुसमा एक्कासि आदित्यनाथको तस्विर देखा परेपछि कतै भारतले पूर्व राजालाई सहयोग गर्न खोजेको त छैन ? भन्ने आंशका गरिएको छ । यद्यपि आदित्यनाथको तस्विर पूर्व तयारी अनुसार वा उनको चाहना अनुसार जुलुसमा देखाइएको हो वा कुनै कार्यकर्ताको व्यक्तिगत इच्छाले हो भन्ने बारेमा भने यकिन भइसकेको छैन ।
भारतीय जनता पार्टीका नेतासमेत रहेका आदित्यनाथ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिन्छन् । शाअ र आदित्यनाथबीच भारतमा पटकपटक भेट भएको बताउने गरिन्छ । पोखराबाट काठमाडौं आउँदा शाह समर्थकहरूले राष्ट्रिय झन्डासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेटबाट स्वागत गरेर निर्मल निवाससम्म पु¥याएका थिए ।