जागिरको खोजीमा हुनुहुन्छ ? नागरिक उड्डयन प्राधिकरणले माग्यो ११६ कर्मचारी

टुरिजमफेस
काठमाडौं । जागिरको खोजीमा हुनुहुन्छ भने खुशीको खबर छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले विभिन्न पदका लागि ११६ कर्मचारी माग गरेको छ । सहायकदेखि प्रबन्धकसम्मका कर्मचारीहरूका लागि प्राधिकरणले दरखास्त मागेको हो ।
प्रबन्धक पदमा १, उपप्रबन्धक पदमा ४ जना, वरिष्ठ अधिकृत पदमा ५६, अधिकृत पदमा ५, वरिष्ठ सहायक पदमा १८ र सहायक पदमा ३२ जना कर्मचारी आवश्यक रहेको भन्दै प्राधिकरणले सूचना प्रकाशित गरेको छ ।
इच्छुक तथा योग्य युवायुवतीले २०८२ बैशाख ४ गतेसम्म र दोब्बर दस्तुर तिरेर बैशाख ११ गतेसम्म अनलाइनमार्फत आवेदन फाराम भर्न सकिने सूचनामा भनिएको छ ।