सुकेटार विमानस्थलमा चार महिनापछि हवाई सेवा सुरु

टुरिजमफेस
ताप्लेजुङ । करिब चार महिनापछि सुकेटार विमानस्थलमा पुनः हवाई सेवा सुरु भएको छ । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका दुई जहाजमा समस्या आएपछि मङ्सिरको अन्तिम सातादेखि नियमित उडान बन्द भएको थियो ।
पुनः सुरु गरिएको उडानमा काठमाडौँबाट पाँच यात्रु लिएर आएको जहाजले ताप्लेजुङबाट चार पुरुष र दुई महिला यात्रु गरी छ जनालाई काठमाडौँ लिएर गएको सुकेटार विमानस्थलले जनाएको छ । लामो समयदेखि हवाई सेवा ठप्प हुँदा आन्तरिक तथा बाह्य पर्यटक, सर्वसाधारणले हवाई सेवा लिन पाएका थिएनन् ।
यस विमानस्थलमा केही वर्षअघि सीता एयर र तारा एयरले पर्यटकीय याममा उडान गरेका थिए । हाल उनीहरूले सेवा बन्द गरेका छन् ।