दुर्गा प्रसाईंलाई हथ्कडी

durga prasain hathkadi
टुरिजमफेस
काठमाडौँ । राजसंस्था फर्काउने अभियानमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई प्रहरीले हथ्कडी लगाएर काठमाडौं ल्याएको छ । राजसंस्था फर्काउने भन्दै चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा उनको संलग्नता देखिएको भन्दै प्रहरीले भारतको आसामबाट पक्राउ गरी काठमाडौं ल्याएको हो । प्रदर्शनपछि उनी फरार थिए ।
राजावादीहरूको प्रदर्शनको क्रममा एक पत्रकारसहित दुई जनाको मृत्यु भएको थियो भने करोडौंको भौतिक संरचना क्षति भएको थियो । प्रसाईलाई आसामबाट झापा हुँदै भद्रपुर विमानस्थलबाट विमानमार्फत काठमाडौँ ल्याइएको हो । उनीसँगै बडिगार्ड दीपक खड्का पनि पक्राउ परेका छन् ।
durga prasain hathkadi