वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ विजयी, गेलाल पराजित

टुरिजमफेस
काठमाडौँ । वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ विजयए भएका छन् । नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनमा मुख्य प्रतिस्पर्धी नरेश गेलालाई हराउँदै गुरुङ विजयी भए । गुरुङले ४२८ मत प्राप्त गर्दा गेलालले ३६७ मत पाउन सके ।
संघको प्रथम उपाध्यक्षमा सुजितकुमार श्रेष्ठ, द्वितीय उपाध्यक्षमा देवकुमार खोखाली र तृतीय उपाध्यक्षमा वैकुण्ठप्रसाद पौडेल निर्वाचित भएका छन् । यस्तै महासचिवमा महेशकुमार बस्नेत विजयी भए ।
सचिवमा कुन्छा दोर्जे डिमडुङ र कोषाध्यक्षमा धनमाया सिञ्जाली निर्वाचित भएका छन् । सदस्यहरूमा रमा खड्का, रेखा शर्मा, कृष्ण ढकाल, विद्यालक्ष्मी बज्राचार्य, भरत सापकोटा, रामकाजी भोलान, सुवर्ण लामा, हिमा गुरुङ, देवीप्रसाद गिरी र सुमनराज पाण्डे विजयी भएका छन् ।