पौने ५ अर्बमा पाँचतारे होटल बनाउँदै शेष घलेको समूह

टुरिजमफेस
काठमाडौं । धनाढ्य शेष घले र उनको समूहले भक्तपुरको गुण्डुमा ४ अर्ब ७५ करोड रूपैयाँको लगानीमा रिसोर्ट र अन्तर्राष्ट्रिय स्तरको पाँचतारे होटल बनाउन सुरु गरेको छ ।
देशमा लगानी गर्ने वातावरण नभएको भन्ने गुनासो बढिरहेको बेला घले र उनको समूहले भने पर्यटन क्षेत्रमा सम्भावना देखेर लगानी गर्ने निर्णयमा पुगेको हो । निर्माण कार्य नयाँ वर्ष २०८२ को अवसर पारेर भूमि पूजा गरिएको छ । होटल निर्माण स्थलबाट सुन्दर हिमशृङखला देखिनुका साथै जंगलले घेरिएको छ । होटल निर्माणका लागि घलेसँग अमृत रत्न शाक्य र सुवर्णकृष्ण श्रेष्ठले साझेदारी गरिरहेका छन् ।
उक्त पाँचतारे होटल यसै वर्षको अन्त्यतिर सञ्चालनमा आउने बताइएको छ । घले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष पनि हुन् ।