दक्षिण कोरियामा मौसमी कामदार पठाउनेबारे सम्झौता भएको छैनः श्रम मन्त्रालय

Ministry-of-Labour-Employment-and-Social-Security
टुरिजमफेस
काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले दक्षिण कोरियामा मौसमी कामदार पठाउनेबारे कुनै सम्झौता नभएको स्पष्ट पारेको छ ।
बजारमा मौसमी कामदार पठाउनेबारे चर्चा चलेपछि मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । ‘कोरियामा मौसमी कामदार पठाउनेबारे कुनै सम्झौता भएको छैन,’ मन्त्रालयले भनेको छ, ‘तर मन्त्रालयको लेटर हेड, छाप र महाशाखा प्रमुखको हस्ताक्षर किर्ते गरेर फर्जी प्रेस विज्ञप्ति जारी गरिएकाले सबैलाई सजक हुन अनुरोध गर्दछौं ।’
मौसमी कामदार पठाउने विषयमा नेपाल सरकार र कोरिया सरकारबीच सम्झौता भएकोले भगिनी सम्झौता कायम गरेका स्थानीय तहहरूले श्रम मन्त्रालयमा सम्पर्क गर्नुपर्ने भन्दै यसअघि फर्जी प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा प्रचार भएको थियो ।
Ministry-of-Labour-Employment-and-Social-Security