सप्तकोशी नदीमा पानीको बहाव १ लाख ७९ हजार क्युसेक

टुरिजमफेस
इनरुवा (सुनसरी) । पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भएको वर्षाले कोशी ब्यारेज भएर बग्ने पानीको बहावमा उतारचढाव हुनेक्रम जारी छ । पछिल्लोपटक गरिएको मापनअनुसार पानी एक लाख ७५ हजार ६८५ क्युसेक प्रतिसेकेण्ड रहेको छ । यो भनेको जोखिमको तह हो ।
सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले ५२ मूल र चार नहरका ढोकामध्ये १९ वटा खुला गरिएको बताए । कोशी ब्यारेज भएर एक लाख ५० हजारभन्दा माथि पानीको बहाव भएपछि सर्वसाधारणलाई सचेत गर्न खतराको सङ्केतस्वरुप रातो बत्ती बाल्ने गरिएको छ । सोहीअनुसार रातो बत्ती बालिएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।
२०६५ भदौ २ गते एक लाख ६८ हजार क्युसेक पानीको बहाव हुँदा सप्तकोशी नदीले पूर्वी तटबन्ध भत्काएको थियो । रासस