सामाजिक सञ्जालसँग घुँडा टेक्यो सरकारले

टुरिजमफेस
काठमाडौं । सामाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्न अन्ततः सरकार बाध्य भएको छ । १९ जेनजीको मृत्यु तथा ४ सय भन्दा बढी घाइते भएपछि सरकारले सोमवार रातिदेखि नै सबै सामाजिक सञ्जाल खोलेको हो ।
सामाजिक सञ्जाल खुला गरिएपछि सरकारले युवाको आक्रोश कम हुने अपेक्षा गरेको छ । यद्यपि ठूलो संख्यामा युवा मारिएकाले देशभरि आक्रोश छ । प्रहरीले निर्ममतापूर्वक दमन गरेकाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट व्यापक विरोध भइरहेको छ । गृहमन्त्रीले राजीनामा दिएपनि कारवाहीको दायरामा ल्याउनु पर्ने माग छ ।
त्यस्तै केपी शर्मा ओलीको सरकारको औचित्य सकिएको निष्कर्ष निकालिएको छ ।सूचीकरण गर्ने नाममा सरकारले सामाजिक सञ्जाल बन्द गरेको थियो । सोही कारण देशव्यापी आन्दोलन चर्किएको हो ।