हस्पिटालिटी र यात्रा सहजताका लागि ebookingnepal.com
टुरिजमफेस
काठमाडौं । हस्पिटालिटी र यात्रा सहजताका लागि ebookingnepal.com शुभारम्भ गरिएको छ । लामो समयसम्म जापानमा बस्दै आएका नेपाली युवाहरूको सक्रियतामा उक्त प्लेटफर्म सञ्चालनमा ल्याइएको हो । यात्राको क्रममा एक ठाउँबाट अर्को ठाउँमा जाने पर्यटकहरूलाई सहजै आफूले चाहेको सेवा प्राप्त होस् भनेर नेपालमा पनि ebookingnepal.com शुभारम्भ गरिएको कोफाउन्डर विशेश्वर रेग्मीले बताए । ebookingnepal.com बाट होटल, ट्राभल, टुर प्याकेज तथा अन्य डिजिटल बुकिङ सेवाहरूलाई एउटै प्लेटफर्ममार्फत सहज, सुरक्षित र विश्वसनीय बनाउने लक्ष्य लिइएको रेग्मीको भनाइ छ । साथै सेवा विस्तार तथा साझेदारीमार्फत आन्तरिक तथा अन्तर्राष्ट्रिय बजारमा आफ्नो पहुँच बढाउने योजना लिएको कम्पनीले जनाएको छ । स्थानीय पर्यटन व्यवसायलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने उपकरणहरू समेत उपलब्ध हुने ebookingnepal.com शुभारम्भ समारोहमा जानकारी दिइयो । यसबाट होटल व्यवसायी, ट्राभल एजेन्ट, सेवा प्रदायक तथा प्रयोगकर्तालाई लाभ पुग्ने अपेक्षा गरिएको छ । ebookingnepal.com को सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले शुभारम्भ गरे ।
