सीआईबी हिरासतमा शेखर गोल्छा, धितोपत्र कसुरमा छानबिन निरन्तर
काठमाडौं । व्यवसायी शेखर गोल्छा हाल केन्द्रीय अनुसन्धान ब्युरो (CIB) को नियन्त्रणमै रहेका छन्। सीआईबीका प्रवक्ता शिवकुमार श्रेष्ठ का अनुसार, गोल्छामाथि धितोपत्रसम्बन्धी कसुरको विषयमा अनुसन्धान जारी छ।
उनका अनुसार, “बीमा सम्बन्धी मुद्दामा सर्वोच्च अदालत ले रिहा गर्न आदेश दिएको भए पनि धितोपत्रसम्बन्धी कसुरमा अनुसन्धान अझै बाँकी छ।”
गोल्छालाई गत ११ वैशाखमा नियन्त्रणमा लिइएको थियो। उनकी पत्नी सीमा गोल्छा ले दायर गरेको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले सोमबार धरौटी वा जमानतमा रिहा गर्न सकिने भए रिहा गर्न, अन्यथा मात्र थुनामा राख्न निर्देशन दिएको थियो।
