सबैभन्दा धेरै कर तिर्ने नबिल बैंकलाई उद्योग वाणिज्य महासंघको सम्मान

टुरिजमफेस
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले नबिल बैंक लिमिटेडलाई आफ्नो ५९औँ वार्षिक साधारणसभामा सम्मान गरेको छ । आर्थिक वर्ष २०७९÷८० मा बैंक, वित्तीय संस्थाको तर्फबाट सबभन्दा बढी कर तिरेका कारण महासंघले नबिल बैंकलाई सम्मान गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैंकका कामु प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीलाई सम्मानपत्र प्रदान गरे । नबिल बैंक यसअघि पनि आव २०६७÷६८, आव २०७०÷७१, आव २०७१÷७२, आव २०७३÷७४, आव २०७५÷७६, आव २०७६÷७७ र आव २०७७÷७८ मा पनि सबैभन्दा बढी कर तिर्ने बैंकका रूपमा सम्मानित भइसकेको छ ।