गभर्नर बन्न भट्ट तयार, योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता

टुरिजमफेस
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर बन्नका लागि कार्यकारी निर्देशक डा. गुणाकर भट्टले राजीनामा दिएका छन् । तर उनले राजीनामा दिएलगत्तै गभर्नर बन्न योग्यता नपुग्ने भन्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
गभर्नरका लागि भट्टका नाममा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच सहमति भएको थियो । तर अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को व्यवस्थाको कार्यविधि विपरीत डा. भट्टलाई कानुनको विधि परित्याग गरी नेताहरूको सहमतिको आधारमा नियुक्ति गर्ने गैरकानुनी प्रपञ्च रचिएको दावी गरेका छन् । महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल सकिएपछि गत चैत २४ गतेदेखि गभर्नर पद रिक्त छ ।