माइस पर्यटन प्रवर्द्धनसहित राष्ट्रिय पर्यटन व्यवसायी संगठनले अर्थमन्त्रीलाई बुझायो १० बुँदे माग

टुरिजमफेस
काठमाडौं । आउँदै गरेको बजेटले सम्बोधन गर्नुपर्ने १० बुँदे मागसहित नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेललाई ज्ञापनपत्र बुझाएको छ ।
माइस पर्यटनको प्रवर्द्धनसहित पर्यटन क्षेत्रसँग सम्बन्धित १० बुँदे मागपत्र बुझाइएको हो । संगठनका अध्यक्ष राजेन्द्रप्रसाद सापकोटाले ती मागमा पर्यटन श्रमिकको हकहित समेत रहेको जानकारी दिए ।
यस्ता छन् संगठनले अर्थमन्त्रीलाई बुझाएका १० बुँदे माग
१. पर्यटन श्रमिकहरूको ज्यालामा लगाइएको भ्याट खारेजी ।
२. हवाई टिकटमा लाग्ने भ्याट फिर्ता ।
३. जलवायु परिवर्तन सम्बन्धी पाठ्यक्रम माध्यमिक तहमा समावेश ।
४. माइस पर्यटन प्रवद्र्धनका लागि बजेटको व्यवस्था ।
५. सीमा क्षेत्रको पर्यटन प्रवर्द्धनलाई विशेष महत्व ।
६. नेपाल एयरलाइन्सलाई कम्पनी मोडेलमा रूपान्तरण ।
७. जहाजहरू भाडामा लिएर अन्तर्राष्ट्रिय गन्तव्यहरूसँग सिधा उडान विस्तार ।
८. जिटुजी प्रणालीमार्फत चीन सरकारसँग समन्वय गरी सरकार–सरकार स्तरमा पर्यटन प्रवर्द्धनको नीति ।
९. निषेधित क्षेत्रको पदयात्रा अनुमति जारी गर्दा अनिवार्य दुई पर्यटकको प्रावधान संशोधन गरी एक जना पर्यटकका लागि पनि अनुमति दिन मिल्ने व्यवस्था ।
१०. पर्यटक बसपार्कका लागि बजेट व्यवस्था र पर्यटक सवारीसाधनका लागि छुट्टै नम्बर प्लेटको व्यवस्था ।