भारत–पाकिस्तान तनावपछि सिमानामा कडाइ

टुरिजमफेस
काठमाडौँ । भारत–पाकिस्तानबीच बढेको तनावपछि सिमा नाकामा कडान गर्ने निर्णय भएको छ । गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकले यस्तो निर्णय गरेको हो ।
भारत र पाकिस्तानको तनावपछि नेपालमा हुनसक्ने सुरक्षा चुनौती र नेपालले अपनाउनु पर्ने सतर्कतालाई ध्यान दिएर सिमामा कडा गर्ने निर्णय भएको बैठकमा सहभागीले टुरिजमफेसलाई बताए । मंगलबार रातिदेखि भारत–पाकिस्तानबीच तनाव बढेको छ । दुवै देशका सुरक्षाकर्मीको आक्रमणबाट सर्वसाधारण मारिएका छन् ।