वसन्त ऋतुमा तीन सय ९५ जनाले गरिसके सगरमाथाको सफल आरोहण
टुरिजमफेस
काठमाडौँ । वसन्त ऋतुको जारी हिमाल आरोहणमा हालसम्म तीन सय ९५ जनाले सगरमाथाको सफल आरोहण गरिसकेका छन् ।
पर्यटन विभागका अनुसार ४७ आरोही समूहका ८६ महिला र ३८२ पुरुषसहित ४६८ जनाले सगरमाथा आरोहण अनुमति लिएकामा तीन सय ९५ विश्वको सर्वोच्च शिखर पुगिसकेका हुन् ।
अनुमति लिएकामध्ये कतिपय बाटोमै रहेको विभागले जनाएको छ यस पटक सगरमाथा आरोहण गर्न ५७ देशका आरोही आएका छन् । यसअघि मौसम अनुकूलभएसँगै गत आइतबार एकैदिन एकसय ३५ आरोहीले सगरमाथाको सफल आरोहण गरेका थिए ।