२४२ यात्रुको ज्यान जाने गरी भएको एयर इन्डिया विमान दुर्घटनामा भारत घुम्न आएका ५३ बेलायती पर्यटक पनि थिए

Photo Credit AP
टुरिजमफेस
काठमाडौं । भारतको अहमदाबादमा भएको एयर इन्डियाको विमान दुर्घटनामा निधन हुनेमध्ये ५३ जना बेलायती, ७ जना पोर्चुगाली र एक जना क्यानडाका नागरिक रहेको खुलेको छ ।
जहाज दुर्घटनामा ज्यान गुमाउने भारतीयबाहेकका नागरिक भारतका विभिन्न घुमेर फर्कदै थिए । जुन जहाज अहमदाबादको सरदार बल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट बेलायतको राजधानी लण्डन जाँदै थियो ।
एयर इन्डियाको फ्लाइट नम्बर एआइ १७१ विमान उडेको करिब दुई मिनेटमै दुर्घटनामा परेको थियो । जहाज वस्तीमा खस्दा केही चिकित्सकसहितका सर्वसाधारण पनि घाइते भएको अहमदाबादका पुलिस कमिश्नर जीएस मलिकको भनाइ उद्धृत गर्दै समाचार संस्था एपीले जनाएको छ । उनले घाइते अवस्थामा अस्पताल लगिएका यात्रुहरूलाई बचाउन समेत मुश्किल भएको बताए । एजेन्सीको सहयोगमा
Photo Credit AP