असार १ मा के गर्दै हुनुहुन्छ ? यस्तो छ मौसमको अवस्था

टुरिजमफेस
काठमाडौं । आज अर्थात असार १ मा दिनभरि के काम गर्ने योजना बनाउनु भएको छ ? कतै मौसमको जानकारी नलिई बनाएका काम अधुरा हुने वा अनावश्यक समस्या पर्ने त होइन ? त्यसका लागि सर्वप्रथम मौसमको जानकारी लिएर मात्रै घरबाहिर जानुहोस् वा सोही अनुसारको तयारी गर्नुहोस् है ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार दिउँसो कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । त्यस्तै कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपात हुनसक्ने महाशाखाको प्रक्षेपण छ ।
२४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो । मनसुन कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका केही स्थान र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै ठाउँसम्म फैलिएको छ ।
यस्तो छ आजको सम्भावित वर्षाको विस्तृत जानकारी