कुलिङ पिरियड हेरफेरको जिम्मा राज्य व्यवस्था समितिका सभापति र सचिवले लिनुपर्छः सूर्य थापा

टुरिजमफेस
काठमाडौं । प्रतिनिधि सभा सदस्य सूर्य थापाले कुलिङ पिरियड हेरफेर हुुनु छलछाम भएको उल्लेख गर्दै यसको जिम्मा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा र सचिव सुरजकुमार दुराले लिनुपर्ने बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्– कानुन निर्माणमा विधि र प्रक्रियाविपरीतको कुशासन हावी देखियो । सार्वभौम संसद् र जननिर्वाचित सांसदहरूले छलफल र पारित गरेको कानुनमा कसले के कैफियत ग¥यो ? यसो हुनुमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति र सचिवले जिम्मेवारी लिनुपर्छ ।
‘यदि यस्तो गरेको तथ्य हो भने यो अत्यन्त गैरजिम्मेवार र जवाफदेहिताविहीन कार्य क्षमायोग्य हुनसक्दैन,’ थापाले एमाले नेतासमेत रहेका थापाले लेखेका छन् ।
प्रतिनिधि सभाबाट पारित भएको निजामति कर्मचारीको कुलिङ पिरियडका सन्दर्भमा समितिको प्रतिवेदनमा नरहेको बाहेक शब्द छलछामपूर्वक घुसाइएको भन्दै यो विषय बहसमा छ ।