अन्तरिम सरकारको नेतृत्वका लागि बालेनले गरे सुशिला कार्कीलाई समर्थन

टुरिजमफेस
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी सरकारको नेतृत्वमा पूर्वप्रधानन्यायाधीश सुशिला कार्कीलाई समर्थन गरेका छन् । जेनजी समूहले अन्तरिम सरकारको नेतृत्व गर्न कार्कीको नाम अघि सारेको बेला बालेनले पनि उनलाई समर्थन गरेका हुन् ।
जेनजीहरूले नयाँ नेतृत्वका लागि प्रधानसेनापति अशोक सिग्देलसमक्ष कार्कीको नाम प्रस्ताव गरेका छन् । जनेजी युवाले सामाजिक सञ्जाल डिस्कर्डमा कसलाई नेतृत्वमा ल्याउने भन्ने विषयमा छलफल गरेका थिए । त्यसक्रममा समेत कार्कीको पक्षमा बलियो मत प्रस्तुत भएको थियो ।