वरिष्ठ अधिवक्ता सबिता भण्डारी बराल महान्यायाधिवक्ता

टुरिजमफेस
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ अधिवक्ता सविता भण्डारी बराललाई महान्यायाधिवक्तामा नियुक्त गरेकी छन् । केपी शर्मा ओलीले नियुक्त गरेका रमेश बडालले राजीनामा दिएपछि उनलाई महान्यायाधिवक्ता नियुक्त गरिएको हो ।
सविता वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् । कृष्णप्रसाद न्याय क्षेत्रमा चर्चित र विश्वासयोग्य मानिन्छन् । यद्यपि उनलाई यसअघिका कुनै पनि सरकारले जिम्मेवारी दिएका थिएनन् ।