घटस्थापनासँगै घरघरमा जमरा
टुरिजमफेस
काठमाडौं । नेपालीहरूको महान् पर्व बडा दसैँ प्रारम्भ भएको छ । बडा दसैँको पहिलो दिन घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिएको छ ।
आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ ।
