राजतन्त्रलाई सान्दर्भिक राख्न परिवर्तन आवश्यकः बेलायती युवराज

लण्डन । वेल्सका युवराज विलियमले आफू राजा बनेपछि बेलायती राजतन्त्रमा सकारात्मक परिवर्तन ल्याउने बताएका छन् । एप्पल टिभी प्लस शो ‘द रिलक्टेन्ट ट्राभलर’सँगको अन्तर्वार्तामा उनले यस्तो विचार व्यक्त गरेका हुन् । यो विचारलाई बेलायतमा निकै खुला मानिएको छ ।
आफ्नो भविष्यको भूमिकाबारे सोधिएको प्रश्नमा उनले परिवर्तन आफ्नो एजेन्डामा छ भन्नु सुरक्षित हुने बताए । ‘राम्रोको लागि परिवर्तन र म त्यसलाई अँगाल्छु, मलाई त्यो परिवर्तन मन पर्छ । म डराउँदिनँ, परिवर्तन ल्याउने विचारले मलाई उत्साहित बनाउँछ,’ उनले भने ।
उनले राजतन्त्रलाई सान्दर्भिक राख्न प्रश्न सोध्न नडराउने समेत स्पष्ट पारे । उनले भने, ‘परम्परालाई हेरेर यो आजको लागि पनि उपयुक्त छ कि छैन भनी प्रश्न गर्न मलाई मन पर्छ ।’
विलियमले भाइ ह्यारीको सन्दर्भ उल्लेख गर्दै आफ्ना आमाबुवाले झेलेको जस्तो तीव्र छानबिनको अवस्थामा फर्कन नपरोस् भन्ने आशा राखेको बताए । उनले आफ्नी पत्नी र बुबाले गत वर्ष सबै कुरालाई राम्ररी सम्हालेकोमा खुशी व्यक्त गरे । एजेन्सीको सहयोगमा