गौरीबहादुर कार्की नेतृत्वको आयोगलाई मान्दैनौंः ओली

टुरिजमफेस
काठमाडौं । विगतदेखि नै आफ्नो कुरामा जिद्धी गर्दै आएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुनः अर्को जिद्धी गरेका छन् । उनले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन घटनाको छानबिन गर्न सरकारले गठन गरेको आयोगलाई नमान्ने घोषणा बताएका छन् ।
जेनजी आन्दोलनपछि बालुवाटारबाट छाडेर सेनाको सुरक्षामा बस्दै आएका ओली केही दिनदेखि भक्तपुरको गुण्डुमा बस्दै आएका छन् । उनले गुण्डुमा एमालेको कार्यक्रममा बोल्दै घटनाको छानबिन गर्न बनेको आयोगका संयोजक गौरीबहादुर कार्कीमाथि प्रश्न उठेको भन्दै त्यसलाई नमान्ने जिकिर गरेका हुन् ।
‘सम्पत्ति छानबिन गर्ने रे, एक– पटक होइन १० पटक गर्दा हुन्छ,’ उनले भने, ‘म सोध्न चाहन्छु मन्त्रीज्युहरू तपाईंहरूको सम्पत्ति छानबिन गरौँ ? आँट गर्नुहुन्छ, आफ्नै सम्पत्ति छानबिन गराउन ?’ ओलीको यस्तो अभिव्यक्तिलाई लिएर विश्लेषकहरूले भने चिन्ता व्यक्त गरेका छन् । देशका कानुनको शाषण स्थापना गर्नुपर्ने आवाज उठिरहेको बेला पूर्वप्रधानमन्त्री भइसकेको व्यक्तिले मनपर्दी बोल्नु सुहाउँदो कुरा नभएको विश्लेषकहरूको भनाइ छ ।