राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था सामान्य, भएको के हो ?

टुरिजमफेस
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि आज उनको त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगञ्जमा उपचार भइरहेको छ ।
सेन्टरका कार्यकारी निर्देशक प्राडा रत्नमणि गजुरेलका अनुसार हाल राष्ट्रपति पौडेलेको स्वास्थ्य परीक्षण भइरहेको र अवस्था अवस्था सामान्य रहेको छ ।