अबदेखि क्यासिनाले इजाजत लिएर मात्र विदेशी मुद्राको कारोबार गर्न पाउने

टुरिजमफेस
काठमाडौं । क्यासिनोमा पुग्ने विदेशी पर्यटकहरूले बोक्ने गरेको विदेशी मुद्रा तिनै क्यासिनोहरूले जथाभावी कारोबार गर्न नपाउने कानुन बनेको छ । नेपाल राष्ट्र बैंकले गरेको नयाँ व्यवस्था अनुसार क्यासिनोलगायतका संस्थाले इजाजत लिएरमात्र विदेशी मुद्राको कारोबार गर्नुपर्ने छ ।
राष्ट्र बैंकले विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९को दफा ३ अनुसार इजाजत लिएरमात्र विदेशी विनिमयको कारोबार गर्नुपर्ने प्रावधानअनुसार नै नयाँ प्रबन्ध गरिएको जनाएको छ ।
यस्तै, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै प्रिपेड कार्ड, डेबिट कार्ड र क्रेडिट कार्डबाट गरिने कारोबारको सीमा निर्धारण गरिएको छ । नयाँ व्यवस्थाअनुसार डेबिट कार्डबाट प्रतिकारोबार २० हजारबराबरमात्र गर्न सकिनेछ । यो व्यवस्था अनुसार अब प्रतिदिन ५० हजार बराबरको मात्र कारोबार हुनेछ । यसअघि प्रतिदिन एक लाखबराबरको कारोबार गर्न सकिन्थ्यो ।
त्यसैगरी, प्रिपेड कार्डबाट प्रतिकारोबार १० हजार बराबरमात्र गर्न सकिनेछ । प्रतिदिन २० हजारबराबरमात्र कारोबार गर्न सकिने र मासिक रूपमा दुई लाख बराबर कारोबार हुनेछ । क्रेडिट कार्डका हकमा स्वीकृत सीमाको १० प्रतिशतसम्म गर्न सकिने पुरानै व्यवस्थालाई कायम गरिएको छ ।