पूर्णबहादुर खड्का नेपाली कांग्रेसको कार्यवाहक सभापति

टुरिजमफेस
काठमाडौं । पूर्णबहादुर खड्काले नेपाली कांग्रेसको कार्यवाहक सभापतिको जिम्मा पाएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले उपसभापति खड्कालाई कार्यवाहक दिएका हुन् । केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै खड्कालाई कार्यवाहक दिएको देउवाले जानकारी गराए ।
‘मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु । जिम्मेवारी अनुसार काम गर्नुहोला,’ उनले भने । कांग्रेसमा धनराज गुरुङ पनि उपसभापति छन् तर उनले कार्यवाहक जिम्मेवारी पाएनन् । देउवाले १५ औं महाधिवेशन तोकेको अवधिमै हुने बताए। उनले नियमित महाधिवेशन हुने पनि बताए ।