जेनजी आन्दोलनले पर्यटनसहित निजी क्षेत्रलाई नराम्ररी प्रभाव पार्यो : भवानी राणा
टुरिजमफेस
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्व अध्यक्ष भवानी राणाले जेनजी आन्दोलनले निजी क्षेत्रको मनोबल खस्केको बताएकी छिन् ।
अध्यक्ष राणाले व्यवसायीहरु नेपालमै केही गर्ने कि नगर्ने वा नेपाल नै छाड्ने मनस्थीतिमा पुगेको बताइन् । निजी क्षेत्रले सुरक्षाको अनुभुति गर्न नपाएको उनको भनाइ छ ।
जुनसुकै देशमा हुने आन्दोलन र प्राकृतिक प्रकोपले निजी क्षेत्रलाई नै सबैभन्दा ठुलो असर पार्ने गर्छ । नेपालको पर्यटन पनि व्यवसायको महत्वपूर्ण क्षेत्र भएकाले आन्दोलनले धेरै नै प्रभाव परेको छ । नेपालमा धेरै पर्यटकीय क्षेत्रहरू भएपनि यहाँ घुम्न आउने पर्यटकहरुका लागि राज्यले सुरक्षाको प्रत्याभूति गर्न नसकेको उनको भनाइ छ ।
जेनजी आन्दोलनले सबैभन्दा बढि टुरिजम क्षेत्रलाई नै पारेको छ, यसले आगामी दिनमा व्यवसायमा लगानी गर्ने कि नगर्ने भनेर दोधरमा रहेका व्यवसायीलाई सरकारले सुरक्षित गरेर प्राथमिकताका साथ अघि बढाउनुपर्ने देखिन्छ ।
‘पछिल्लो समय पर्यटन क्षेत्रबाट नेपालमा राम्रो डलर भित्रिरहेका बेला जेनजी आन्दोलनले ठुलो प्रभाव पारेका हुँदा यसलाई सरकारले प्राथमिकता दिन जरुरी छ ।’ उनले भनिन् ।
ठुलो लगानीमा पोखरा र भैरहवामा ठूला अन्तर्राष्ट्रिय विमानस्थल बनेपनि तिनलाई नियमित सञ्चालन गर्न सके त्यसबाट अझै नेपालले फाइदा लिन सक्ने उनको भनाइ छ ।
