प्रहरी महानिरीक्षकले स्पष्टीकरण बुझाउँदै भने जाँचबुझ आयोगलाई असहयोग गर्ने मनसाय होइन
टुरिजमफेस
काठमाडौं । प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले भदौ २३ र २४ गते भएको घटना सम्बन्धी छानबिन गर्न बनेको जाँचबुझ आयोगलाई असहयोग गर्ने मनसाय नभएको प्रष्ट पारेका छन् ।
आयोगले खापुङलाई तपाईलाई किन कारवाही नगर्ने भनी सोधेको २४ घन्टे स्पष्टीकरणको जवाफ फर्काउँदै उनले आयोगले मागेको सबै विवरण समेत पठाइसकेको बताएका छन् । जाँचबुझ आयोगले माग गरेको प्रहरीका सबै विवरण प्रहरी प्रधान कार्यालयले आयोगलाई पठाइसकेको छ ।
विवरण पठाएसँगै आयोगले प्रहरीको बयान सुरू गरेको छ ।
