नजिकिँदै माघे सङ्क्रान्ति : चाकु उद्योगमा किन्ने, बेच्ने र बनाउनेको भ्याइ नभ्याई (फोटोफिचर)
टुरिजमफेस
काठमाडौं । माघे सङ्क्रान्ति नजिकिँदै गर्दा काठमाडौँ टोखाको न्हुछें टोखा चाकु उद्योगमा चाकु बनाउन पकाएको सख्खर माड्दै व्यवसायी। यतिबेला उनीहरुलाई चाकु बनाउन भ्याइ नभ्याई भएको छ ।

टोखाका चाकु उद्योगमा सादा चाकु, मसला चाकु, स्पेशल चाकु, खुवा चाकु र भुजाको लड्डु, पुष्टकारी, गुडँपाक, तिलौरा लड्डु उत्पादन गरिन्छ । टोखा चाकु उत्पादनका लागि प्रख्यात मानिन्छ । न्हुछें टोखा चाकु उद्योगमा बिक्रीका लागि बजार लैजान चाकु प्याकिङ गरिँदै ।

टोखामा न्हुछें टोखा चाकु उद्योगले बिक्री गर्न राखेको चाकु, तिलको लड्डु खरिद गर्नका लागि हेर्दै सर्वसाधारण ।

तस्बिर : रासस
