उद्योगपति विनोद चौधरी पराजित
विक्रम खनाल
काठमाडौं । उद्योगपति विनोद चौधरी पराजित भएका छन्। नवलपरासी बर्दघाट सुस्ता पश्चिम निर्वाचन क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का विक्रम खनाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएपछि उनी पराजित भएका हुन् ।
खनालले नेपाली कांग्रेसका उम्मेदवार चौधरीलाई ठूलो मतान्तरले पछि पार्दै विजय हासिल गरेका हुन्। उनले ४५ हजार २४१ मत प्राप्त गर्दा चौधरीले ९ हजार ५०२ मतमा सीमित रहे।
यस निर्वाचन क्षेत्रमा नेकपा एमालेका रामप्रसाद पाण्डेयले ७ हजार ९५६ मत पाए भने जनता समाजवादी पार्टी नेपालका हृदयेश त्रिपाठीले ७ हजार ८३२ मत प्राप्त गरे। यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका नवनित कुमार मिश्रले १ हजार ५९३ मत हासिल गरेका छन्।
खनालले निकटतम प्रतिस्पर्धी चौधरीलाई करिब ३५ हजार मतान्तरले पराजित गर्दै प्रतिनिधिसभामा स्थान सुरक्षित गरेका हुन्।
विक्रम खनाल
