आबुधाबीमा ड्रोन–मिसाइल अवशेष खस्दा सात नेपाली घाइते
काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीस्थित अज्बान क्षेत्रमा ड्रोन र मिसाइल अवरोध गर्ने क्रममा खसेको अवशेषले सात जना नेपाली घाइते भएका छन्। घटनामा कुल १२ जना घाइते भएको बताइएको छ, जसमा सात नेपाली र पाँच भारतीय नागरिक रहेका छन्।
घाइते नेपालीमध्ये छ जनाको अवस्था सामान्य रहेको छ भने एक जनाको अवस्था गम्भीर रहेको जनाइएको छ। सबै घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
गल्फ न्यूजका अनुसार यूएईको हवाई सुरक्षा प्रणालीले आक्रमणका लागि आएका ड्रोन र मिसाइललाई आकाशमै निष्क्रिय बनाएको थियो। अवरोधपछि खसेका टुक्राहरू अज्बान क्षेत्रका विभिन्न स्थानमा झर्दा मानिसहरू घाइते भएका हुन्।
यूएईको रक्षा मन्त्रालयले हवाई सुरक्षा प्रणाली प्रभावकारी रूपमा सञ्चालन गरी सम्भावित ठूलो क्षति टारिएको जनाएको छ। अवशेष खसेका कारण केही भौतिक संरचनामा क्षति पुगेको पनि उल्लेख गरिएको छ। एजेन्सीको सहयोगमा
