कांग्रेस महिला केन्द्रीय सदस्यमा बासना थापा सबैभन्दा अगाडि, कसको कति मत?
काठमाडौं नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महिला खुलातर्फ केन्द्रीय सदस्य पदको मतगणनामा बासना थापाले अग्रता कायम राखेकी छन्।
मंगलबार बिहानसम्म सार्वजनिक मतपरिणामअनुसार सांसदसमेत रहेकी थापाले ३ हजार ४८४ मत प्राप्त गरेकी छन्। महिला खुलातर्फका १५ केन्द्रीय सदस्य पदका लागि प्रतिस्पर्धा भइरहेको छ।
मतपरिणामअनुसार दोस्रो स्थानमा उर्मिला थपलिया रहेकी छन्। उनले २ हजार ६४७ मत पाएकी छन्। तेस्रो स्थानमा रहेकी निमा गिरीले २ हजार ६२० मत प्राप्त गरेकी छन्।
त्यसैगरी, कुसुमदेवी थापाले २ हजार १२९ र धना कुमारी खतिवडाले २ हजार १२५ मत ल्याएका छन्।
अन्य उम्मेदवारले प्राप्त गरेको मत यसप्रकार छ:
- अनिता देवकोटा — १ हजार ९३०
- विनिता खड्का — १ हजार ८९२
- लक्ष्मी पाण्डे — १ हजार ७७२
- सृजना अधिकारी — १ हजार ७६२
- मुना भुसाल — १ हजार ६३२
- चिनी पोखरेल (चिनु) — १ हजार ५६४
- रिता थापा मगर — १ हजार ५१०
- कान्तिका सेजुवाल — १ हजार ४८१
- उमा दाहाल — १ हजार ४५८
- निर्मला तामाङ बस्नेत (नीरु) — १ हजार ४२४
मतगणना जारी रहेकाले अन्तिम परिणाम आउन बाँकी छ।
