यस्तो छ पहिरोले दुई गाडी बगाएको स्थल
टुरिजमफेस
चितवन । शुक्रवार बिहान ३ बजे चितवनको नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले दुईवटा यात्रु बस बगाएको छ । पहिरोले बगाएका बस त्रिशूली नदीमा खसेका छन । बसमा रहेका यात्रुहरूको अवस्था अज्ञात छ । वीरगञ्जबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश १५१६ नम्बरको बस र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको नम्बर नखुलेको गणपति डिलक्सको बसलाई भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमताल भन्ने स्थानमा लेदो माटोसहितको पहिरोले बगाएको हो । बसमा करिब ६० यात्रु रहेको अनुमान छ । सिमलताल क्षेत्रमा सशस्त्र प्रहरीसहितका सुरक्षाकर्मीले खोज तथा उद्धार कार्य जारी राखेका छन् ।

घटनास्थलका तस्वीरहरू (सबै तस्वीरहरू सशस्त्र प्रहरी बल
