श्रम बैंकमार्फत काठमाडौँ महानगरपालिकाले ९ सय बढीलाई रोजगारी दिलायो

टुरिजमफेस
काठमाडौं । काठमाडौँ महानगरपालिकाको पहलमा ९११ जनाले रोजगारी पाएको मेयर बालेन्द्र शाह (बालेन) ले जनाएका छन् । उनका अनुसार महानगरपालिकाको श्रम बैंकमार्फत ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको हो । काठमाडौँ महानगरले रोजगारी प्रवद्र्धनका लागि तीन वर्षको कार्ययोजना बनाएर कम्तीमा १५ हजारलाई तालिम तथा ५ हजारलाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको थियो ।
मेयर बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन् । जसमध्ये ३२९ जनालाई विभिन्न निजी कम्पनीहरूमा र ५८३ जना महानगरका विभिन्न विभागहरूमा महानगरमार्फत रोजगारी उपलब्ध गराइएको छ ।’