बर्दिया राष्ट्रिय निकुञ्ज विश्वको उत्कृष्ट भ्रमण सूचीमा

टुरिजमफेस
काठमाडौं ।
बर्दिया राष्ट्रिय निकुञ्ज विश्वको उत्कृष्ट स्थानको सूचीमा परेको छ । विश्वप्रसिद्ध टाइम म्यागजिनले संसारका उत्कृष्ट ठाउँहरूको सूची सार्वजनिक गर्दा बर्दिया राष्ट्रिय निकुञ्ज पनि परेको हो । सन् २०२४ मा भ्रमणका निम्ति छानेका उत्कृष्ट सय ठाउँहरूमा बर्दिया राष्ट्रिय निकुञ्जको बुरहान वाइल्डरनेस क्याम्पलाई टाइमले उत्कृष्ट सूचीमा राखेको हो । बिहीबार अमेरिकी म्यागजिन टाइमले ‘वल्डर्स ग्रेटेस्ट प्लेसेस २०२४’ को सूची सार्वजनिक गरेको हो ।
उसले पर्यटकको सिफारिस र सम्बन्धित ठाउँले दिएको आवेदनका आधारमा सूची छानेको हो । बर्दिया राष्ट्रिय निकुञ्ज वाघ, एक सिंगे गैडा, बंगाल टाइगर, जंगली हात्ती जस्ता जनावर र ब्ल्याक आइबिस, रूडी सेलडक, नाइटजार्स, फिसिङ अउल जस्ता चराहरूका लागि प्रसिद्ध मानिन्छ । त्यस्तै बुरहान वाइल्डरनेस क्याम्पमा पर्यटकलाई क्याम्पिङको व्यवस्था पनि मिलाइन्छ ।