युवाहरुको समूहले सिनामंगलमा सञ्चालन गर्यो ‘होटल रोयल एयरपोर्ट’, के के छन् सुविधा ?
काठमाडौं । युवाहरुको समूहले काठमाडौंको सिनामंगलमा होटल रोयल एयरपोेर्ट सञ्चालनमा ल्याएका छन् ।
पाँच करोड भन्दा बढीको लगानीमा बनेको होटलको बागमति प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री विमल ठकुरीले शुक्रवार उद्घाटन गरेका हुन् ।
होटल उद्घाटनको क्रममा बोल्दै मन्त्री ठकुरीले नेपालको आर्थिक विकासका लागि पर्यटन उद्ययोग महत्वपूर्ण क्षेत्र भएकाले यसको प्रर्वद्धनमा सबैको हातेमालो आवश्यक रहेको बताए ।
“पर्यटन उद्ययोगको विकासमा व्यवसायीका लागि आवश्यक सहजीकरणका लागि म सँधै तत्पर छु” उनले भने, “अझ तपाईहरु जस्ता युवाहरु जो यो उद्योगमा आउनु भएको छ र आउँदै हुनुहुन्छ उहाँहरुसँग मेरो थप सहयोग र सहकार्य रहनेछ ।”
मन्त्री ठकुरीले पर्यटन क्षेत्रका युवा व्यवसायीहरुसँग चाँडै बसेर यस क्षेत्रमा लगानी प्रर्वद्धनका लागि आवश्यक पहल चाल्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
कार्यक्रममा होटल व्यवसायी तथा होटल रोयल एरपोर्टका अध्यक्ष नवराज श्रेष्ठले सिन्धुलीका युवा व्यवसायीहरुको समूह मिलेर पाँच करोड रुपैयाँभन्दा बढीको लगानीमा यो होटल सञ्चालनमा आएको बताए । ३४ ओटा कोठाहितको यो होटलमा ५० शैंयाको सुविधा छ ।
दुइसय जनाभन्दा बढी क्षमताका हल, बैठक कक्ष सहितको शान्त वातावरणमा सञ्चालनमा आएको यो होटल एरपोर्ट हुँदै आउने आन्तरिक तथा वाह्य पर्यटकलाई बढी लक्षित गरेर सञ्चालनमा ल्याइएको अध्यक्ष श्रेष्ठ बताए ।