दसैंलाई सुकिला नोट वितरण सुरु, कति पाइन्छ ?
टुरिजमफेस
काठमाडौं । नेपाल राष्ट्र बैंकले असोज १३ गतेदेखि सुकिला नोट वितरणको व्यवस्था गरेको छ । यो सुविधा असोज २२ गतेसम्म रहनेछ ।
दसैंमा माग हुने सटहीको लागि केन्द्रीय बैंकको मुद्रा व्यवस्थापन विभाग, बैंकिङ विभाग र प्रदेशस्थित कार्यालयहरूबाट सुकिला नोट सटहीको व्यवस्था गरेको राष्ट्र बैंकले जनाएको छ । प्रदेश कार्यालय विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढीबाट सुकिला नोट सटही गर्न सकिने छ । त्यस्तै बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरूबाट समेत सुकिलो नोट सटही गर्ने व्यवस्था मिलाइएको छ ।
५, १०, २०, ५० र १०० रूपैयाँ दरका सुकिला नोट सटही गर्न पाइने छ ।
एक जना व्यक्तिले कुल १८ हजार ५ सय रूपैयाँको नोटमात्र साट्न पाइने छ । ग्राहकले आफ्नो खाता रहेको बैंक वा पायक पर्ने नजिकको बैंक तथा वित्तीय संस्था वा नेपाल राष्ट्र बैंकमा गई नोट सटही गर्न सक्ने राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागले जनाएको छ । यसपटक नयाँ नोट भने वितरण हुने छैन ।
