दावा याङजुम शेर्पा ८ हजार मिटर उचाइका सबै हिमाल चढ्ने पहिलो नेपाली महिला
टुरिजमफेस
काठमाडौं । कीर्तिमानी पर्वतारोही दावा याङजुम शेर्पा विश्वभरका सबै ८ हजार मिटरभन्दा अग्ला हिमालको सफल आरोहण गर्ने पहिलो नेपाली महिला बनेकी छन् । विश्वभर ८ हजार मिटरभन्दा अग्ला हिमाल १४ ओटा छन् ।
३३ वर्षीया दावाले बिहीबार बिहान बिहान ५ बजे तिब्बतस्थित ८ हजार २७ मिटर अग्लो शिशपाङ्मा हिमालको सफल आरोहण गरेपछि नयाँ कीर्तिमान कायम गरेकी हुन् ।
दोलखाकी दावाले २२ वर्षको उमेरमा पहिलो पटक सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकी थिइन् । त्यसयता उनले चार पटक सगरमाथाको सफल आरोहण गरिसकेकी छन् ।
