किसानलाई बजारसँग जोड्ने ‘पैंचो पसल’
टुरिजमफेस
काठमाडौं । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्छन्। केन्द्रमा स्थानीय किसानहरू तरकाटुरिजमफेस
काठमाडौं । गुल्मी छत्रकोट–१ हुँगाका युवराज पाण्डे बिहान झिसमिसेमै तरकारी सङ्कलन केन्द्रमा पुग्छन्। केन्द्रमा स्थानीय किसानहरू तरकारी लिएर आइपुग्छन्। पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति परिमाणमा ल्याए? त्यसको मूल्य कति हो ? निर्धारण गरेर पठाउँदैमा बित्छ ।
किसानलाई आफूले ल्याएको तरकारीबाट कति कमाइ भयो भन्ने जानकारी घर नपुग्दै मोबाइलमा आइपुग्छ। कति तरकारी बिक्री गरेछु भन्ने हिसाब राख्नै पर्दैन । पाण्डेका अनुसार केन्द्रमा दैनिक औसतमा पाँच क्विन्टल तरकारी आउँछ ।
संकलन भएका तरकारी लिन केन्द्रमा सवारीसाधन आइपुग्छ। स्थानीय किसानका लागि दैनिक उपभोग्य सामान पनि संकलन केन्द्रमै उपलब्ध हुन्छ। किसानले कति मूल्यको तरकारी बिक्री गरे र त्यहाँबाट कति मूल्यको सामान लिएर गए भन्ने जानकारी पनि मोबाइलमै आउँछ ।
किसानलाई सामान उपलब्ध गराउँदै उनीहरूको तरकारी खरिदलगायतसम्मको कामको व्यवस्थापन ‘पैंचो पसल’ले गरिदिएको छ । आफूअनुकूलको सेवा सहजै प्राप्त हुँदा किसान पनि खुसी छन्।
ग्रामीण क्षेत्रमा यो प्रचलन कम हुँदै गए पनि अझै पनि जीवित नै छ । आफूलाई चाहिएको सामग्री एकापसमा सरसापट गरेर लिने र काम चलाउने प्रक्रियालाई पैंचो भनिन्छ । त्यस्तै शैलीमा व्यवसायी धु्रव न्यौपानेलगायतले पैंचो पसलको अवधारणा अगाडि सार्नुभएको हो ।
पाण्डे यो अभियानमा जोडिएको १० वर्ष भयो। गुल्मी छत्रकोटका अगुवा किसानको परिचयसमेत बनाउनुभएका पाण्डे आफँैले पनि वार्षिक रु १० लाख बराबरको तरकारी बिक्री गर्छन्। उनले १२ रोपनी जग्गामा तरकारीखेती गरेका छन्। गोलभेँडा, भिन्डी, बोडी, रातो मुला, तीतेकरेला बारीमा फलेका छन्। बजारको कुनै चिन्ता छैन। किसानलाई प्रत्यक्ष रूपमा उपभोक्तासँग जोड्ने र सरल मूल्यमा ताजा तरकारी एवं कृषि उपज उपलब्ध गराउने उद्देश्यका साथ सुरू भएको पैंचो पसलको अवधारणा यतिबेला देशव्यापी हुने क्रममा छ ।
सो अवधारणामा जोडिएका किसानलाई मल, बीउको प्रबन्ध गर्नेदेखि कृषि प्राविधिक उपलब्ध गराउने कामसमेत गरिएको छ । किसानले कुनै समस्या परे, पशुचौपायामा कुनै रोगव्याधी लागे प्राविधिक पुग्छन् र समाधानको उपाय सुझाउँछन्। यो अवधारणाबाट लाभान्वित हुनेमा गुल्मीकै सरोज राना पनि छन् ।
वैदेशिक रोजगारीमा पाएको दुःखकष्ट र हण्डर सबै बिर्सेर आफ्नै थलोमा फर्किएका रानाको दैनिकी यतिबेला तरकारी स्याहार्दै बित्ने गरेको छ । उनले सात रोपनी जग्गामा तरकारीखेती गरेका छन् ।
‘हामीलाई यसले धेरै फाइदा भएको छ। उत्पादित तरकारी लिन गाउँमै गाडी आइपुग्छ। बिचौलियाले खाइदेला कि, कम मूल्यमा बेच्नुप¥यो कि भन्ने कुनै गुनासो छैन,’ उनले भने, ‘किसानले उत्पादन गरेको हरिया सागसब्जी उपभोक्ताको भान्छामा सहजै पुगेको छ। यो भन्दा खुसीको कुरा अरु के हुनसक्छ र ?’
उनको बारीमा यतिबेला सिमी, गोलभेँडा फलेका छन्। एक हजार बिरुवा सयपत्रीका छन्। तिहारमा सयपत्रीले राम्रो मूल्य पाउने आशामा रहेका राना बन्दा, काउली मुला, गाँजर पनि लगाउने तयारीमा छन्। इत्तेहाद एयरलाइन्सको रोजगारी भनेर साउदी अरब पुग्नु भए पनि ठेकेदारको काम गर्दा उचित पारिश्रमिक नपाएपछि घर फर्केर उनले सुरु गरेको तरकारीखेतीले गाउँमै केही गर्न सकिन्छ भन्ने आत्मबल बढाइदिएको छ ।री लिएर आइपुग्छन्। पाण्डेको बिहान कुन किसानले कुन तरकारी ति परिमाणमा ल्याए? त्यसको मूल्य कति हो ? निर्धारण गरेर पठाउँदैमा बित्छ ।
किसानलाई आफूले ल्याएको तरकारीबाट कति कमाइ भयो भन्ने जानकारी घर नपुग्दै मोबाइलमा आइपुग्छ। कति तरकारी बिक्री गरेछु भन्ने हिसाब राख्नै पर्दैन । पाण्डेका अनुसार केन्द्रमा दैनिक औसतमा पाँच क्विन्टल तरकारी आउँछ ।
संकलन भएका तरकारी लिन केन्द्रमा सवारीसाधन आइपुग्छ। स्थानीय किसानका लागि दैनिक उपभोग्य सामान पनि संकलन केन्द्रमै उपलब्ध हुन्छ। किसानले कति मूल्यको तरकारी बिक्री गरे र त्यहाँबाट कति मूल्यको सामान लिएर गए भन्ने जानकारी पनि मोबाइलमै आउँछ ।
किसानलाई सामान उपलब्ध गराउँदै उनीहरूको तरकारी खरिदलगायतसम्मको कामको व्यवस्थापन ‘पैंचो पसल’ले गरिदिएको छ । आफूअनुकूलको सेवा सहजै प्राप्त हुँदा किसान पनि खुसी छन्।
ग्रामीण क्षेत्रमा यो प्रचलन कम हुँदै गए पनि अझै पनि जीवित नै छ । आफूलाई चाहिएको सामग्री एकापसमा सरसापट गरेर लिने र काम चलाउने प्रक्रियालाई पैंचो भनिन्छ । त्यस्तै शैलीमा व्यवसायी धु्रव न्यौपानेलगायतले पैंचो पसलको अवधारणा अगाडि सार्नुभएको हो ।
पाण्डे यो अभियानमा जोडिएको १० वर्ष भयो। गुल्मी छत्रकोटका अगुवा किसानको परिचयसमेत बनाउनुभएका पाण्डे आफँैले पनि वार्षिक रु १० लाख बराबरको तरकारी बिक्री गर्छन्। उनले १२ रोपनी जग्गामा तरकारीखेती गरेका छन्। गोलभेँडा, भिन्डी, बोडी, रातो मुला, तीतेकरेला बारीमा फलेका छन्। बजारको कुनै चिन्ता छैन। किसानलाई प्रत्यक्ष रूपमा उपभोक्तासँग जोड्ने र सरल मूल्यमा ताजा तरकारी एवं कृषि उपज उपलब्ध गराउने उद्देश्यका साथ सुरू भएको पैंचो पसलको अवधारणा यतिबेला देशव्यापी हुने क्रममा छ ।
सो अवधारणामा जोडिएका किसानलाई मल, बीउको प्रबन्ध गर्नेदेखि कृषि प्राविधिक उपलब्ध गराउने कामसमेत गरिएको छ । किसानले कुनै समस्या परे, पशुचौपायामा कुनै रोगव्याधी लागे प्राविधिक पुग्छन् र समाधानको उपाय सुझाउँछन्। यो अवधारणाबाट लाभान्वित हुनेमा गुल्मीकै सरोज राना पनि छन् ।
वैदेशिक रोजगारीमा पाएको दुःखकष्ट र हण्डर सबै बिर्सेर आफ्नै थलोमा फर्किएका रानाको दैनिकी यतिबेला तरकारी स्याहार्दै बित्ने गरेको छ । उनले सात रोपनी जग्गामा तरकारीखेती गरेका छन् ।
‘हामीलाई यसले धेरै फाइदा भएको छ। उत्पादित तरकारी लिन गाउँमै गाडी आइपुग्छ। बिचौलियाले खाइदेला कि, कम मूल्यमा बेच्नुप¥यो कि भन्ने कुनै गुनासो छैन,’ उनले भने, ‘किसानले उत्पादन गरेको हरिया सागसब्जी उपभोक्ताको भान्छामा सहजै पुगेको छ। यो भन्दा खुसीको कुरा अरु के हुनसक्छ र ?’
उनको बारीमा यतिबेला सिमी, गोलभेँडा फलेका छन्। एक हजार बिरुवा सयपत्रीका छन्। तिहारमा सयपत्रीले राम्रो मूल्य पाउने आशामा रहेका राना बन्दा, काउली मुला, गाँजर पनि लगाउने तयारीमा छन्। इत्तेहाद एयरलाइन्सको रोजगारी भनेर साउदी अरब पुग्नु भए पनि ठेकेदारको काम गर्दा उचित पारिश्रमिक नपाएपछि घर फर्केर उनले सुरु गरेको तरकारीखेतीले गाउँमै केही गर्न सकिन्छ भन्ने आत्मबल बढाइदिएको छ ।
