डेढ वर्षपछि पोखरामा अन्तर्राष्ट्रिय उडान

टुरिजमफेस
काठमाडौं । पहिलो उडान भएको करिब साढे एक वर्षपछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा दोस्रो अन्तर्राष्ट्रिय उडान भएको छ ।
२०८० असार ६ मा पहिलो पटक चार्टर्ड उडान गरेको सिचुवान एयरलाइन्सले नै बिहीबार दोस्रो उडान गरेको हो । यस अवधिमा पोखरामा अन्य कुनै पनि एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भरेनन् ।
पोखरामा आयोजित इन्टरनेसनल माउन्टेन क्रस कन्ट्री कम्पिटिसनमा भाग लिन चीनको कुनमिङबाट आएका खेलाडीहरूलाई लिएर सिचुवान एयरलाइन्सको जहाज बिहीबार पोखरामा अवतरण गरेको हो । यो जहाजले १२० जना यात्रु बोकेर आएको हो ।