पर्यटन बोर्डको बजेट बल्ल स्वीकृत
टुरिजमफेस
काठमाडौं । चालु आर्थिक वर्ष २०८१÷८२ को नेपाल पर्यटन बोर्डको बजेट बल्ल पारित भएको छ । बोर्डमा नयाँ प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी आएपछि चालु आर्थिक वर्षको बजेटलाई सञ्चालक समितिको स्वीकृत गरेको हो ।
बोर्डले चालु आर्थिक वर्षको लागि करिब १ अर्ब ८२ करोड रूपैयाँको बजेट पारित गरेको छ । जसमा लामो समयदेखि रोकिएको अन्तर्राष्ट्रिय प्रवद्र्धनको काम समेत सुचारु गर्ने लगायतका छन् । बोर्डको प्रमुख उद्देश्य पनि नेपालको पर्यटनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्नु हो ।
