प्रधानमन्त्री ओलीले सम्बोधन गरेको कार्यक्रमले सडक फोहोर गरेको भन्दै एमालेलाई काठमाडौं महानगरको १ लाख जरिवाना
टुरिजमफेस
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रमले सडक फोहोर गरेको भन्दै काठमाडौं महानगरपालिकाले नेकपा एमालेलाई एक लाख रूपैयाँ जरिवाना तिर्नुपर्ने निर्णय गरेको छ ।
दरबारमार्गमा एमालेले आयोजना गरेको जागरण सभाका क्रममा सडक तथा सडक पेटीमा जथाभावी फोहोर गरेको भन्दै महानगरपालिकाले एक लाख रूपैयाँ जरिवाना गरिएको व्यहोराको पत्र एमालेलाई पठाएको छ ।
नगर प्रहरी निरीक्षक लिलाराज गाछाले हस्ताक्षर गरेको पत्रमा फोहोर मैला व्यवस्थापन ऐन २०६८ र काठमाडौं महानगरपालिकाको आर्थिक ऐन २०८१ बमोजिम एक लाख रूपैयाँ जरिवाना गरिएको उल्लेख छ ।