जहाजको इन्जिन आवर सकिएपछि नेपाल एयरलाइन्सको आन्तरिक उडान अनिश्चित

टुरिजमफेस
काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को आन्तरिक उडान पूर्ण रूपमा बन्द भएको छ । नियमित उडान गरिरहेको ट्विनअटर जहाजको इन्जिन आवर सकिएपछि आन्तरिकतर्फका सबै उडान बन्द हुनुका साथै अनिश्चित भएको निगमले जनाएको छ ।
निगमका प्रवक्ता रमेश पौडेलले इन्जिन अर्डर गरे पनि आइपुग्न कति समय लाग्ने भन्नेबारे अनिश्चित रहेको बताए । स्रोतका अन्ुसार अर्डर गरेको इन्जन आइपुग्न कम्तीमा साढे एक महिना लाग्छ ।
निगमसँग रहेका आन्तरिक उडानका दुई ट्विनअटर जहाज मध्ये एउटा गत जेठदेखि नै ग्राउन्डेड छ । बाँकी अर्को ट्विनअटरको पनि उडान आवर सकिएपछि तत्कालका लागि उडान बन्द भएको हो ।