कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का
टुरिजमफेस
काठमाडौं । नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेको कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ । नेपाल स्टक एक्स्चेन्जले कम्पनीको बैंकको सयेर कारोबार रोक्का गरेको हो । कारोबार रोक्का हुनुअघि कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८१० रूपैयाँ पुगेको थियो ।
बैंकको निष्क्रिय कर्जा ४० प्रतिशत नाघेपछि राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन सम्हालेको छ । बैंक सञ्चालनका राष्ट्र बैंकका वित्तीय संस्था नियमन विभागका उपनिर्देशक टीकाराम खतिवडाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिलाई बचतकर्ताको बचत भुक्तानी र संस्थाको ऋण असुलीलाई प्राथमिकता दिई कार्य गर्ने, संस्थामा भएका वित्तीय अपचलनउपर आवश्यक छानबिन गरी कानुनी कारबाही प्रक्रिया अघि बढाउनेलगायत अख्तियारी प्रदान गरिएको छ । उक्त बैंकले अत्यधिक कर्जा घरजग्गामा गरेको बताइएको छ ।