संसद्मा दर्ता भयो उड्डयन प्राधिकरण टुक्राउने विधेयक, पास होला ?

टुरिजमफेस
काठमाडौँ । सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण टुक्राउने विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले त्यस सम्बन्धी २ वटा विधेयक दर्ता गराएका हुन् । हवाई क्षेत्रको नियामक र सेवा प्रदायक एउटै हुँदा नियमन फितलो रहेको अन्तर्राष्ट्रिय निकायले आरोप लगाउँदै आइरहेको बेला सरकारले त्यस सम्बन्धी विधेयक दर्ता गराएको हो । हवाई दुर्घटना बढी हुन थालेपछि युरोपियन युनियनले नेपाललाई कालोसूचीमा राखेको छ ।
संसद्मा दर्ता भएको नेपाल नगरिक प्रधिकरण ऐन २०८१ मा सञ्चालक समितिको अध्यक्ष मन्त्री हुने व्यवस्था गरिएको छ भने दैनिक कार्य सञ्चालनको लागि महानिर्देशक हुने व्यवस्था गरिएको छ । त्यस्तै नेपाल हवाई सेवा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष उड्डयन मन्त्रालयको सचिव हुने व्यवस्था गरिएको छ । साथै दैनिक कार्य सञ्चालनको लागि प्रबन्ध निर्देशक नियुक्त हुने विधेयकमा भनिएको छ । अब यी विधेयकमा दफावार छलफल हुने र संसद् पारित गरेपछि मात्र कानुनको मान्यता हुनेछ । सरकार यी विधेयक पास हुनेमा ढुक्क छ ।