कालिन्चोक दर्शनले शत प्रतिशत हकप्रद दिने

टुरिजमफेस
काठमाडौं । कालिन्चोक दर्शन प्रालिले एक बराबर एक हकप्रद सेयर दिने भएको छ । ६० करोड चुक्ता पुँजी भएको कम्पनीले पूँजी वृद्धिका लागि हकप्रद दिने भएको हो । हकप्रद पछि चुक्ता पुँजी एक अर्ब २० करोड पुग्नेछ ।
कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैंकिङलाई सेयर निष्कासन प्रयोजनको लागि सेयर रजिष्ट्रार नियुक्त गरेको छ ।