युगाण्डामा हुने महिला क्रिकेट टोली घोषणा

टुरिजमफेस
काठमाडौं । मार्च ८ देखि १६ सम्म युगाण्डामा हुने महिला टि–२० क्रिकेट टोलीको घोषणा गरिएको छ । टोलीमा अधिकांश पुरानै खेलाडी छन् भने सना प्रवीण र रिया शर्माले पहिलोपटक टिममा प्रवेश पाएका छन् ।
युगाण्डा क्रिकेट एसोसियनको आयोजनामा हुने खेलमा युगाण्डासहित नेपाल, हङकङ र नामिबियाको महिला टोली बीच डबल राउण्ड रोबिन र त्यसपछि फाइनल प्रतियोगिता हुनेछ ।